काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध चिसिएकै समयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न ढाका टोपी लगाएका हुन् । दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैसँग लड्न सक्छ ।’

उल्लेखनीय छ, दार्जिलिङमा नेपाली मूलका मतदाताको बाहुल्यता छ । गृहमन्त्री शाहले भारतीय जनता पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेपाली भाषीहरुको विश्वास जित्ने प्रयास गरेका हुन् ।

उनले गोर्खालीहरुको समृद्ध इतिहास रहेको चर्चासमेत गरे । उनले भने, ‘जब देशभक्त समुदायको नाम लिइन्छ, त्यतिबेला गोर्खालीहरुको नाम सबैभन्दा पहिला गर्वले लिने गरिन्छ ।’

उनले बंगालमा भारतीय जनता पार्टीको सरकार बनेमा गोर्खाली समुदायमाथि लगाइएका सबै मुद्दा एक साताभित्रै फिर्ता लिइने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!