हिपमत डटकम

सोमबार, चैत्र ३०, २०७७ || 666  पटक पढिएको

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले मुलुकको अवस्था अत्यन्तै जटिल अवस्थामा पुगेको बताउँदै तत्कालै काँग्रेसले निकास दिनुपर्ने बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले देश विषम परिस्थितिमा पुगेकाले कांग्रेसले टुलुटुलु हेरेर नबसी तत्कालै निकासका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

उनले तत्कालै नयाँ सरकार गठनसँगै पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न र आगामी मंसिरमा वा चैतमा आम निर्वाचन गर्ने गरी अगाडी बढ्न पार्टी नेतृत्वलाई सुझाए ।

नेता कोइरालाले काँग्रेस नेतृत्व नयाँ सरकार गठनसंगै पार्टीको महाधिवेशन र निर्वाचनमा केन्द्रीत हुनु पर्ने बताए । उनले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्री खड्ग प्रसाद (केपी) ओलीले संविधान विपरित संसद विगठन गरेपछि विकसित राजनैतिक घटना ​ क्रमसंगै मुलुक निकै जटिल मोडबाट गुज्रिएको बताए।

नेता कोइरालाले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्यूँतने फैसला गरेपछि मुलुकको राजनीतिक अवस्था बिग्रिएको बताए । उनले नेपाली राजनीतिज्ञमा नैतिकताको खडेरी देखिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक इमान्दारीता र नैतिकता हराएको आरोप लगाए ।

‘संविधान कुल्चिएर प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णय सर्वोच्च अदालतले रोकि दिएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्नेमा लाज पचाएर कुर्सीमा बसिरहे’ उनले भने। ‘सर्वोच्चबाट आफ्नो कदमका विरुद्ध फैसला आउँदा अलिकति उनलाई कुर्चीमा बस्न लाज लागेन। अलिकति बचेखुचेका नैतिकता पनि गुमाए ।’

नेता कोइरालाले प्रधानमन्त्री ओलीले संसदलाई विजनेस दिन नसक्नु र उपसभामुख लगायतको नियुक्ति गर्न नसक्नुले उनको नियत प्रष्टाएको बताए ।

नेता कोइरालाले जनता समाजवादी पार्टीका एक खेमा ओली सरकारलाई टिकाउनका लागि सरकारमा जान सहकार्य गर्न लागिएको बताउँदै यदि त्यस्तो अवस्था सृजना भए त्यो मुलुकका लागि झनै घातक हुने चेतावनी दिए ।

उनले भने, ‘जसपाका संविधान संशोधन लगायतका मागहरु कांग्रेस र माओवादीले पहिले नै पूरा गर्न खोज्दा एमालेले नै विफल पारेको आरोप लगाए । ‘यस्तो अवस्थामा फेरि एमालेसँगै सहकार्य हुन खोज्नु राष्ट्रका लागि निकै घातक हुन सक्छ’ उनले भने ।

नेता कोइरालाले आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारी पार्टी सभापति बाहेक अन्यमा नहुने स्पष्ट पारे । news source ;- ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!