हिपमत डटकम

आइतबार, चैत्र २९, २०७७ || 1179  पटक पढिएको

म्यानमारको सेनाले प्रजातन्त्र पुनर्बहालीका लागि आन्दोलन गरिरहेका प्रदर्शनकारीमाथि फेरि क्रुर दमन गरेको छ।

असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) का अनुसार शुक्रबार यंगुन सहरनजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तिमा ८० जना प्रदर्शनकारीको मृत्यु भएको छ।

बागो शहरमा भएको उक्त घटनामा ठ्याक्कै कति मानिस मारिए भन्ने विस्तृत विवरण आउन बाँकी छ। सुरक्षाकर्मीले लासहरूको चाङ लगाएर राखेको र मानिसहरूलाई प्रवेश निषेध गरेकाले मृतकको संख्या एकिन गर्न कठिन भएको एएपिपीले जनाएको छ।

बागोमा शुक्रबार बिहानैदेखि गोली हान्न सुरू गरिएको थियो भने अपरान्हसम्म यो क्रम जारी थियो।

सुरक्षाकर्मीको दमनबाट आत्तिएका सहरवासीले सहर छोड्न थालेका छन्।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा कूमार्फत सत्ता कब्जा गरेको थियो। त्यसयता भएका प्रदर्शनमा सेनाले नागरिकमाथि निर्मम दमन गरिरहेको छ।

एएपिपीका अनुसार सैनिक कूपछि सुरक्षाकर्मीको हातबाट ६ सय १८ जना नागरिकको मृत्यु भइसकेको छ। सेनाले भने अहिलेसम्म २ सय ४८ जना सर्वसाधारण र १६ जना प्रहरीको मृत्यु भएको बताएको छ।

यसैबीच सैनिक कूको विरोधमा रहेका आदिवासी विद्रोहीहरूको समूहले सान प्रान्तको एउटा प्रहरी चौकीमा आक्रमण गरेको छ। शनिबार बिहानै भएको उक्त आक्रमणमा परी १० जना प्रहरीहरू मारिएको म्यानमारका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। news source ;-Raropati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!