हिपमत डटकम

शनिबार, चैत्र २८, २०७७ || 1066  पटक पढिएको

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सत्ता समीकरण आफूहरूको प्राथमिकतामा नरहेको दाबी गरेका छन्।

उनले आफूहरू अहिले पार्टीको मूल मुद्दामा केन्द्रित भएको बताए।

‘सत्ताको कुरा जसपाको प्राथमिकताको विषय हैन। सत्ता समीकरण पिनि प्राथमिकताको विषय हैन, महतोले भने।

उनले दुई दिनअघि आफूहरूले बन्दी कार्यकर्ताको रिहाइका लागि सरकारलाई २०८ जनाको फाइल पठाएको बताए।

सरकार अहिले आफूहरूको मुद्दामा सकारात्मक ढंगले अगाडि बढेको महतोले बताए।

‘विगत पाँच वर्षदेखि प्रचण्ड-ओली नै सत्तामा बसेका हुन्। कसैले पनि हाम्रो माग पूरा गरिदिएन,’ उनले भने, ‘अहिले आएर सरकारको धारणा परिवर्तन भएर होला कि उसको मजबुरीले होला। उदारपूर्वक काम गरिरहेको छ।’

तर, मुद्दा सम्बोधन भए पनि प्राथमिकता सरकार र समीकरणका लागि नभएको उनको दाबी छ।

‘अर्को समीकरणको लागि वा कुर्सीको प्राथमिकता हैन, हाम्रो पार्टीले यस सम्बन्धमा कुनै निर्णय गरेको छैन,’ उनले भने, ‘हाम्रो पार्टीले केपी ओलीलाई होस् वा वैकल्पिक सरकारलाई होस्। आफ्नै नेतृत्वमा अर्को सरकार निर्माण गर्ने कि सहयोग समर्थन गर्ने कुनै निर्णय गरेको छैन।’

समीकरण र सरकारको बारेमा उपयुक्त समयमा निर्णय लिइने उनले बताए।

‘अहिले छलफल गर्ने हो। छलफल सबैसँग छलफल हुन्छ। प्रष्ट भएर बस्नु। सत्ता समीकरणको बारेमा हाम्रो छलफल छैन,’ उनले भने, ‘न अहिले हामी देउवातिर छौं, न ओलीतिर, हामी हाम्रो पार्टीले उठाएका मुद्दामा छौं।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!