हिपमत डटकम

शुक्रबार, चैत्र २७, २०७७ || 790  पटक पढिएको

सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट शुक्रवार (चैत २७ गते) ११ बजे बाँडफाँट हुँदैछ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गर्ने भएको हो ।

 

सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरमा कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

सिंगटीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट शेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो मागको तुलनामा ९.३४ गुणा बढी हो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् । १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै आईपीओ पाउनबाट वञ्चित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!