हिपमत डटकम

शुक्रबार, चैत्र २७, २०७७ || 705  पटक पढिएको

नेकपा एमालेतिर लागेपछि माओवादी केन्द्रको कारबाहीमा परेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफूलाई कारबाही गर्न प्रचण्ड र माओवादी पार्टीको हैसियत नभएको टिप्पणी गरेका छन् । उनले माओवादीको निर्णयविरुद्ध आफूले कानुनी रुपमा लड्न तयारी गरिरहेको पनि बताएका छन् ।

‘यो कारबाहीको औचित्य छ जस्तो लाग्दैन । मलाई कारबाही गर्न प्रचण्डले जिताएको हो र ? म त दुई पार्टीको एउटै घोषणापत्र देखाएर निर्वाचित जनप्रतिनिधि हुँ’,  अन्तर्वार्तामा उनले भनेका छन्, ‘माओवादीले कारबाही गर्ने हैसियत के छ ? त्यसैले यो निर्णयविरुद्ध कानुनी रूपमा लड्न तयारी गरिरहेको छु ।’

प्रचण्डले आफ्नो स्वार्थ पूरा नभएपछि जे पनि गर्न सक्छन् भन्ने यो निर्णयले देखाको पनि उनको भनाइ छ ।

लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी हैसियतअनुसार आफूहरुलाई कारबाही गर्न नमिल्ने उनको दावी छ । उनले भनेका छन्-मौका मिल्दा प्रचण्ड कतिसम्म गिर्दा रहेछन् भन्ने यसले देखाउँछ । ओलीलाई निरकुंश, प्रतिगमन गर्‍यो भन्छन् तर प्रचण्डले मौका पाउँदा लोकतान्त्रिक विधिविपरीत जनप्रतिनिधिलाई मानौं आफैंले जिताएको हो जस्तो हठ राखेर कारबाही गरेका छन् । लोकतन्त्र र जनताको कदर हुन सकेको छैन ।

माओवादीले आफ्नो पार्टीबाट निर्वाचित रायमाझीसहित लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रमु् शाहलाई सांसदबाट हटाउँदै साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेका थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!