बुधबार सेयर बजारको परिसूचक नेप्सेमा करिब ३ अंकले झरेको छ। २.८५ अंकको गिरावटपछि परिसूचक २६७१ अंकमा कायम भएको छ।

यसअघि हिजो २६७४ अंकमा रहेर नेप्सेले त्यसअघिका सबै रेकर्ड तोडेको थियो। बुधबार भने बजारमा सेयर आपूर्ति बढेपछि अंकमा सुधार देखिएको हो। यद्यपि यस दिन १२ः ५८ बजे २६९२ अंकसम्म नेप्से पुगेको थियो। त्यसपछि परिसूचकमा निरन्तर दवाव परेको हो।

अंकसँगै कारोबार रकम पनि सामान्य घटेको छ। कुल ७ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो ७ अर्ब ४७ करोडको कारोबार भएको थियो।

यस दिन बैंकिङ ५, होटल तथा पर्यटन २३२, विकास बैंक ४०, माइक्रोफाइनान्स १०७ अंकले बढेका छन्। त्यस्तै फाइनान्स समूह १ अंकमुनि हरियो रह्यो।

ब्यापार १६३, जलविद्युत ३३, निर्जीवन बीमा २०१, उत्पादन ८०, अन्य १८ र लगानी समूह १ अंकले घटे।

यस दिन ५ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। बढेको मूल्यमा पनि यी कम्पनीको सेयर किन्न चाहनेले पाएनन्। महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआइसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावरको मूल्य करिब १० प्रतिशतले बढेको हो।

आजको वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ९२५, चन्द्रागिरिको २५७८, एनआइसी एसिया लघुवित्तको १२७८, रिलायन्सको २७९, युनिभर्सलको १८१ रुपैयाँ कायम भएको छ।

रैराङ हाइड्रोपावरको मूल्य भने ७ प्रतिशतले घटेको छ। युनाइटेड इदी मर्दीको ६ प्रतिशतले घट्यो।

कारोबारका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले घटेर ५९२ रुपैयाँ कायम भएको छ।

चिलिमेको २२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य सामान्य घटेर ६८१ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!