हिपमत डटकम

बुधबार, चैत्र २५, २०७७ || 768  पटक पढिएको

म्यानमारमा सेनाले गरेको कूका विरुद्ध प्रदर्शन गरिरहेका पाँचजना विरोधकर्ताहरूलाई सुरक्षाकर्मीहरूले गोली हानेर बुधवार हत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । कैयौं मानिस घाइते भएका छन् ।

गत फेब्रुअरी १ मा कू भएयता ५८० भन्दा बढी मानिस मारिएका छन् । सेनाले घातक बल प्रयोग गरिरहेको भए पनि विरोध प्रदर्शन बन्द भएका छैनन् ।

उत्तरपश्चिमी शहर केलमा बुधवार सुरक्षाकर्मीहरूले फायर खोलेका थिए । विरोधकर्ताहरू आङ सान सू चीनको निर्वाचित सरकार पुनर्बहालीको माग गरिरहेका छन् ।

युवाले नेतृत्व गरिरहेको आन्दोलनमा अभियान चलाउन तथा सामाजिक सञ्जालमार्फत जानकारी शेयर गर्न गाह्रो परिरहेको छ किनकि ब्रोडब्यान्ड ताररहित इन्टरनेट तथा मोबाइल डेटा सेवा बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!