हिपमत डटकम

बुधबार, चैत्र २५, २०७७ || 794  पटक पढिएको

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

द लेन्सेन्ट साइकियाटी« जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्कसम्बन्धी वा मानसिक समस्या देखिएको थियो ।

यो अध्ययन कोरोना संक्रमणपछि निको भएका दुई लाख २३ हजार व्यत्तिलमा गरिएको थियो । समस्या देखिएकामध्ये अधिकांशमा डर–चिन्ताको समस्या देखिएको थियो । १४ प्रतिशतले आफ्नो मनोदशा परिवर्तन भइरहने समस्या देखिएको बताएका थिए भने १३ प्रतिशतले यसअघि कहिले पनि नदेखिएको मानसिक समस्या देखिएको बताएका थिए । यस्तै ०.६ प्रतिशत मानिसमा ब्रेन ह्यामरेज, २.१ प्रतिशतमा हृदयघात, ०.७ लाई डिमेन्सियाको समस्या देखिएको थियो ।

कोरोनाको असर गम्भीर देखिएका मानिसलाई भने मष्तिष्कको समस्या हुने जोखिम बढी हुने अध्ययनको क्रममा पाइएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!