मंगलबार, माघ २१, २०७६ || 1293  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२१ माघ:पशुपतिनाथको दर्शन गर्दै आजको राशिफल हेर्नुस

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धार्मिक, सांस्कृतिक र व्यवसायीक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । साताको अन्त्यमा विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

भाग्यले विभिन्न अवसर जुराउनेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साताको मध्यमा महत्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाँकालको स्मरणगरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो सातामा पुनर्मिलनको योगपनि रहेको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । काम वा रोजगारको अवसर मिल्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । बुधवारबाट कामहरु अधुरै रहलान् । लगानी डुव्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग रातो हो । शुभकर्म गर्नु पूर्व महादेवको ध्यान गरी यात्रा आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

रोकिएका काम पुनः सुरु हुन सक्छ । विद्या र बुद्धिको विकास हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता शुभकार्यको चर्चा चल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । यो साताका लागि शुभअङ्क ७,८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो सातामा प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । बुधवारबाट रमाइलो यात्राको योग रहेको छ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको दर्शनगरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो सातामा अनावश्यक यात्रा रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । साताको अन्त्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक शुभफल मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

मान प्रतिष्ठामा बृद्धि होला । कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण मिल्नेछ । धर्म,कर्ममा मन लाग्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मध्य साताबाट लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवीको दर्शनगरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । साताको अन्त्यमा मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कालभैरवको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनसञ्चयको अवसर प्राप्त हुनेछ र हराएको आत्मविश्वास जाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग रातो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!