हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 925  पटक पढिएको

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशको सरकार बचाउन आफू लागिपरेको बताएका छन्।

कर्णालीमा माओवादी केन्द्रबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही छन्। उनलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता गरेको छ भने मन्त्रीहरूले राजीनामा दिएका छन्।

मंगलबार रूकुम पश्चिम पुगेका प्रचण्डले त्यहाँ आयोजित जन प्रशिक्षणमा बोल्दै आफ्नो पार्टीको सरकार बचाउन लागिपरेको बताए।

‘प्रदेशमा हाम्रो सरकार थियो, अपदस्त गर्ने कोसिस भएको छ,’ उनले भने, ‘म लागिरहेको छु सकेसम्म हाम्रो नेतृत्वको सरकार बचोस्। हामी अहिले पनि छलफलमा छौं। यो कार्यक्रमपछि पनि छलफल गर्छौं। तर यदि सबै मिलेर अपदस्त गर्ने स्थिति बन्यो भने पनि हामी अपदस्त हुँदैनौं।’

उनले प्रमुख प्रतिपक्षी भएर बस्ने पनि बताए।

‘हामी प्रमुख प्रतिपक्षका रूपमा जनताका साथमा बसेर फेरि केही समयभित्रै सरकार कब्जा गर्ने ठाउँमा हामी पुग्छौं, यो विश्वास दिलाउन चाहन्छु। राष्ट्रिय रूपमा पनि विजयी हुनेछौं,’ उनले भने। सभार :- सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!