हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 593  पटक पढिएको

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमबाट समाजवादको नर्सरी तयार पार्ने उद्घोष गरेका छन् ।

३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुकुम पश्चिममा जनताको साझेदारीमा विभिन्न विकास निर्माण र आत्मनिर्भरतासम्बन्धी काम भइरहेको भन्दै त्यसलाई उदाहरणका रुपमा देशव्यापी बनाउनुपर्ने बताए ।

‘६ महिनाभित्र एक लाख लिटर दुध विक्री हुने गरी कम्पनी बनाउँदै छौं,त्यसमा किसानको शेयर हुन्छ,’ उनले भने, ‘उत्पादनको अभियानलाई नयाँ उचाइ दिएर गरिबीलाई रुकुमबाटै डाँडो कटाइदिने छौं ।’

समाजमा अहिले पनि भेदभाव,छुवाछुत रहेको,बालबालिकाको श्रम शोषण भइरहेको,वृद्धवृद्धाहरु अपहेलित भइरहेको भन्दै उनले तमाम सामाजिक कुरितिविरुद्ध आफूहरुले अभियान सञ्चालन गर्ने बताए ।

भ्रष्टाचार विरुद्ध आफू दृढ भएर उभिने प्रतिवद्धता जनाउँदै उनले नेताले गल्ती गरेमा जनताले खबरदारी गर्नुपर्नेमा जोडसमेत दिए । ‘नेताले गल्ती गरेमा जनताले खबरदारी गर्ने हो,त्यसको भण्डाफोर गर्ने,सावधान गर्ने काम जनताको हो,’ उनले भने, ‘नेतालाई ठिक ठाउँमा ल्याउन जनताले हस्तक्षेप गर्नुपर्छ,जनताको निगरानी हुनुपर्छ ।’

जनताले गर्ने आलोचनालाई आफूले सदैव सम्मान गर्ने र त्यसबाट सच्चिएर अघि बढ्ने उनको भनाइ छ ।

जिल्लामा ६ हजार किसान समूह बनाएर किसानहरुलाई संगठित गर्दै पार्टीलाई समाजवादमा पुग्ने आधार निर्माण गर्न लागिएको उनले बताए । जिल्लामा भइरहेका यस्ता गतिविधिलाई संश्लेषण गरेर नेतृत्व गर्न उनले पार्टीका अध्यक्ष प्रचण्डलाई आग्रहसमेत गरे ।

‘यो अभियान समाजवादको एउटा नर्सरी हो,’ उनले भने, ‘पार्टी निर्माण गरेर संघीय लोकतान्त्रिक गणतन्त्र,जनताका अधिकार खोस्ने कमदविरुद्ध खबरदारी गर्दछौं ।’ सभार :- रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!