हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 776  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन दलहरु अझै सफल हुनसकेका छैनन् । ओलीले मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा विघटन गराएको र त्यो कदमलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले ब्युँताएको डेढ महिना पुग्न लाग्दा पनि बहुमतको सरकार यथावत् छ ।

ओलीलाई हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी तीनवटा दलको समिकरण बनाउने प्रयास सफल हुन सकेको छैन । काँग्रेस सभापति शेरबहादुर देउवा चुनावको पक्षमा छन् । जसपा अध्यक्ष महन्थ ठाकुर पनि चुनावकै पक्षमा छन् । चुनावको पक्ष र विपक्षमा सबै दलभित्र ध्रुवीकरण भएको छ ।

प्रधानमन्त्री ओली अब विश्वासको मत पनि लिन नसक्ने अवस्थामा पुगेका छन् । एमालेभित्रै उनीविरुद्ध मोर्चाबन्दी छ । अर्कोतर्फ, ओलीविरुद्ध अर्को प्रधानमन्त्रीको प्रस्ताव जाँदा पनि बहुमत पाउने सम्भावना कमजोर छ । यसकारण ठुलो दलको हैसियतले ओली नै प्रधानमन्त्री बनेर अर्ली इलेक्शनमा जाने सम्भावना बलियो भएको छ ।

देश ढिलोचाँडो चुनावमा जाने निश्चितप्रायः भएपनि को प्रधानमन्त्री भन्नेबारे विभिन्न अड्कलवाजी भइरहेका छन् । बहुमतको सरकार नरहने अवस्थापछि अल्पमतको सरकार बन्ने र त्यसपछि चुनावमा जाँदा ओली नै प्रधानमन्त्री बन्ने बलियो आधार छ । ओलीको नेतृत्वमा चुनावमा जान दलहरु तयार नभएको अवस्थामा संविधान संशोधन गरेर भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउने सम्भावना रहन्छ । सबैभन्दा बलियो सम्भावना भनेको ओलीकै नेतृत्वमा चुनाव हुने देखिदैछ । साभार :- रिपोर्टस नेपालबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!