हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 498  पटक पढिएको

केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दैछ ।

बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा दिउँसो १२ बजे बस्ने वागमती प्रदेशको स्थायी समिति बैठकले सो प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

खनाल नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले प्रदेश स्थायी समितिको बैठक ११ बजेलाई बोलाएपनि जिल्ला जिल्लाबाट प्रतिनिधिहरू आइपुग्न समय लाग्ने भएकाले केही ढिला हुनसक्ने जानकारी दिइन् ।

सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षले समानान्तर ढंगले गतिविधि गर्दै आएका छन् । अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएको खनाल नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरिसकेको छ ।

जुन अभियान अन्तरगत वडा, जिल्ला प्रदेश हुदै विभिन्न जनवर्गीय संगठनमा पनि समानान्तर सांगठनिक संरचना बनाउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!