हिपमत डटकम

सोमबार, चैत्र २३, २०७७ || 519  पटक पढिएको

काठमाडौं । बेलायतमा नयाँ विधेयकको विरोधमा भएको प्रदर्शनका क्रममा सय जनाभन्दा बढी पक्राउ परेका छन् ।

बेलायत सरकारले प्रहरी, अपराध, सजाय र अदालतसम्बन्धी ल्याएको विधेयकको विरोधमा प्रदर्शन भएको हो । शनिबार लण्डनमा भएको प्रदर्शनमा हजारौंको संख्यामा प्रदर्शनकारी उपस्थित भएका थिए । त्यसक्रममा १०७ जना पक्राउ परेको जनाइएको छ । उक्त विधेयक पारित भए कुनै पनि आन्दोलन हिंसात्मक नभएपनि त्यसलाई रोक्ने अनुमति प्रहरीलाई हुनेछ ।

कोरोना संक्रमण नियन्त्रणका लागि बेलायतले सामाजित गतिविधिमा रोक लगाएको भएपनि त्यसलाई उल्लंघन गर्दै प्रदर्शनकारीहरु सडकमा ओर्लिएका हुन् । प्रहरीका अनुसार शनिबारको आन्दोलन अधिकांश समय शान्तिपूर्ण थियो । साथै अधिकांशले भौतिक दूरीको नियम पनि पालना गरेका थिए ।

यद्यपि हिंसात्मक गतिविधिमा उत्रिने र कोरोनाका लागि लगाइएको प्रतिबन्ध नमान्ने व्यक्तिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त प्रदर्शनमा १० जना प्रहरी घाइते भएका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!