सोमबार, चैत्र २३, २०७७ || 762  पटक पढिएको

२३ चैत्र, सुनसरी देवानगञ्ज। सुनसरीको हरिनगर गाउँपालिकामा रास्ट्रपति शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिताभब्यताका साथ सम्पन्न भएको छ । गाउँपालिका शिक्षा समितिको आयोजनामा संचालित राष्ट्रपती रनिङशिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप पहिलो पटक खेलकुद प्रतियोगिता श्री हरिनगरा माध्यमिक विद्यालय, हरिनगरको खेल मैदानमा भएको हो । प्रतियोगितामा मा वि तर्फ हिलाल पब्लिक स्कुलले शिल्ड उचालेको छ ।

निमावि तर्फ श्री राष्ट्रिय आधाभुत विद्यालय, बसन्तपुरले शिल्ड उचाल्न सफल भएको छ । मावि तर्फ श्री बालकृष्ण मावि दोस्रो र जनता मावि तेस्रो भएका छन् । निमावि श्री राष्ट्रिय आधारभुत विद्यालय दोस्रो र नेशनल स्कुल घुस्की तेस्रो भएका छन् ।

विजेता खेलाडी तथा विद्यालयलाई पुर्व अर्थ मन्त्री तथा वर्तमान सांसद ज्ञानेन्द्र बहादुर कार्की, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम भगत , प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्का , शिक्षा शाखा अधिकृत गुणराज ढकाल , शिक्षा शाखाका अजित कुमार मल्लिक, वडाका वडा ४ अध्यक्ष, सदस्य गाउँ सभाका सदस्यहरु, शिक्षा शाखा कर्मचारीलागायतले पुरस्कार तथा प्रमाणपत्र र शिल्ड बितरण गरेको थिए ।

समापन कार्यक्रमका हरिनगर गाउँपालिका वडा न० ५ का वडा सदस्य अताउल मियाले शैक्षिक गुणस्तरलाई अझै सुधार गर्न र विद्यार्थीमा अनुशासनको कमि कमजोरी रहेको खासगरि मधेसी समुदाय स्तरका विद्यार्थीमा अनुशासनको कमि कमजोरी रहेको यसलाई सुधार गर्न शिक्षा शाखालाइ निर्देशन गरेको बताउनुभयो।

कार्यक्रममा बोल्दै हरिनगर गाउँपालिका शिक्षा शाखा प्रमुख गुणराज ढकालले हरिनगरलाई नमूना बनाउन शिक्षा, स्वास्थ्य लागायतमा जोड दिदै रनिङ शिल्ड, शैक्षिक तथा साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको र शिक्षा क्षेत्रलाई अगाडि बढाउन उर्जा थपेको बताउनुभयो ।

 

कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि पुर्व अर्थ मन्त्री तथा वर्तमान सांसद ज्ञानेन्द्र बहादुर कार्कीले समापन समारोहमा बोल्दै विस्तारै खेलकुदका माध्यमबाट पनि विकासको लहर सुरु भएको बताउनु भयो । खेलकुदले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई पहिचान दिलाउने बताउनु भयो । जिल्लाको खेलकुद विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउदै जिल्लालाई खेलकुदका माध्यमबाट पनि चिनाउनुपर्नेमा जोड दिनु भयो । हरिनगरमा ठुला खेल सञ्चालनका लागि खेलमैदान आवश्यक रहेकाले यसतर्फ आफुहरुको ध्यान केन्द्रीत रहेको र राम्रो स्वस्थको लागि खेल धेरै नै महत्त्वपूर्ण रहेको उहाँको भनाई थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गफार अन्सारीले गाउँपालिकाले भौतिक विकास संगै शिक्षा र खेलकुदलाई प्राथमिकता दिएको बताउनु भयो । गाउँपालिकाले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सहयोग गर्ने बताउनुभयो । खेलकुदका माध्यमबाट विद्यार्थीलाई अनुशासित र मर्यादित बन्न सहयोग पुग्ने अध्यक्ष अन्सारीले बताउनु भयो ।

समापन कार्यक्रममा सहभागी विद्यालयका खेलाडीले मार्चपास र विभिन्न नृत्य प्रस्तुत गरेका थिए । वडा नं. ४ स्थित श्री हरिनगरा माध्यमिक बिद्यालयका खेल मैदानमा प्रतियोगिता भएको रास्ट्रपति शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कपमा हिलाल पब्लिक स्कुल, बालकृष्ण मावी, जनता मावी, हुदा पब्लिक स्कुल लगायत ३१ वटा बिद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा फुटबल , लामो, छोटो दौड, ज्याभलिङ थ्रो, हाइजम्प, लङ्गजम्प, हिसाब दौड लगायतमा प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!