सम्झना साह

बिहिबार, भाद्र १२, २०८२ || 3489  पटक पढिएको

विराटनगर। विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा किस्मत सापकोटा प्रथम भएका छन् ।

विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा सापकोटाले उत्कृष्ट विचार प्र्रस्तुत गर्दै प्रथम भएका हुन् । ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा भएको प्रतियोगितामा रोजिना चौधरी द्वितीय हुँदा साहिस्ता न्यौपाने तृतीय भइन् । त्यस्त मिसु प्रधान र रोशनकुमार सिंहले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित रहेका थिए । प्रतिस्पर्धामा भाग लिएका २० जना विद्यार्थीमध्येबाट निर्णायक नवोदितले ५ जना पुरस्कृत विद्यार्थीको नाम छनौट गरेका हुन् । प्रथम र दोस्रो हुने विद्यार्थीले यही शुक्रबार लियो क्लबले आयोजना गर्ने वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउनेछन् ।

कार्यक्रममा निर्णायक नवोदितसहित कलेजका प्राचार्य लक्ष्मण ढकाल, निर्देशक तथा साहित्यकार भेषराज पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताका विजेतालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!