बीरेन्द्रकुमार साह

बिहिबार, भाद्र १२, २०८२ || 5696  पटक पढिएको

सल्यान ।शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

बिहीबार दिउँसो लु १ ज २३६८ नम्बरको जिप रेसमज्युला नजिकै अनियन्त्रित भई करिब ५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिपमा २० जना सवारमध्ये १९ जना घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि चालक शारदा नगरपालिका–६ का २३ वर्षीय सुरेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!