हिपमत डटकम

सोमबार, चैत्र २३, २०७७ || 573  पटक पढिएको

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले सांसद पद गुमाउने भएका छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकमा सभामुखले उनीहरुमाथि कारवाहीको पत्र पढेर सुनाउने भएका हुन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु पछिल्लो समय नेकपा एमालेमा सामेल भएसँगै माओवादी केन्द्रले उनीहरुमाथि कारवाही गर्दै प्रदेश सभालाई पत्र पठाएको हो ।

सोमबार बस्ने बैठकमा सभामुखले सो पत्र पढेर सुनाउने कार्यसूची रहेको प्रदेशसभाका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए ।

सभामुखले सो पत्र पढेर सुनाएसँगै दुवै सांसदको पद गुम्ने उनले बताए ।

 

माओवादी केन्द्र परित्याग गरेका सांसदद्वय न्यौपाने र पन्थी पछिल्लो समय एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन् । एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रले प्रदेशसभा नियमावलीको दफा १९० अनुसार कारवाही प्रयोजनका लागि प्रदेशसभामा पत्र पठाएको हो ।

नियमावलीको दफा १९० मा दल त्याग सम्बन्धी व्यवस्था छ । दफा १९१ अनुसार सभामुखले सो पत्र सोमबारको बैठकमा पढेर सुनाउने छन् ।

सोही नियमावलीको दफा १९२ मा ‘दल त्यागको सूचना सभाको बैठकलाई दिएमा वा त्यस्तो सूचना सचिवालयको सूचना पाटीमा टाँस भएमा त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिने’ उल्लेख छ ।

सोही दफाअनुसार सांसदद्वय न्यौपाने र पन्थीको पद सोमबारबाट रिक्त हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!