हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 790  पटक पढिएको

काठमाडौं । कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् ।

चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् ।

उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ ।

नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्दैछ । एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको बताए । उनले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!