हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 619  पटक पढिएको

बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । स्थानीय समयअनुसार बिहान १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको कार्यालयका प्रवक्ता राडित्य जातीले जानकारी दिए ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । घटनामा परी घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातिद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् । बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजी कार्य जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!