हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 484  पटक पढिएको

बलिउड अभिनेता अक्षयकुमारलाई कोरोनाभाइरसको संक्रमण भएको छ। आइतबार बिहान अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

प्रोटोकल पालना गर्दै आफू तत्काल आइसोलेसनमा बसेको उनले बताएका छन्। उनी अहिले होम क्वारेन्टिनमा बसेका छन्।

उनले आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अनुरोध गरेका छन्।

‘म छिट्टै काममा फर्किने छु,’ उनले भनेका छन्।

भारतमा पछिल्लो समय कोरोनाभाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन्। योसँगै भारत संसार दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको छ।

टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार भारतमा ८९ हजार मानिसमा संक्रमण देखिएको थियो। यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन्। त्यो दिन अमेरिकामा ७० हजार र ब्राजिलमा ६९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो।

यसअघि गत अक्टुबरमा भारतमा दिनहुँ संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिन्थे।

संक्रमित थपिएसँगै भारतमा मृतकको दैनिक संख्या पनि उकालो लागेको छ। शनिबार भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको छ। यो संख्या गत डिसेम्बर ४ यता सबैभन्दा धेरै हो।

भारतका महाराष्ट्र, छत्तीसगढ, मध्यप्रदेश, गुजरात, तमिलनाडुलगायत राज्यहरूमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!