हिपमत डटकम

शनिबार, साउन १८, २०८२ || 509  पटक पढिएको

झापा। झापाको कन्काई नगरपालिका-३ सुरुङगा स्थित टेम्पु स्टेण्डबाट ३ सय ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन १६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कन्काई नगरपालिका-३ सुरुङगा टेम्पु स्टेण्ड स्थितमा चेकजाँचको क्रममा सिन्धुलीको भिमान नगरपालिका-१० का २६ बर्षीय बिनोद बि.क. र झापाको झापा गाउँपालिका-३ की २४ बर्षीया प्रेमकला महतोलाई ३ सय ग्राम  लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!