हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 616  पटक पढिएको

नेपाली कांग्रेसले म्यानमारमा भइरहेको आन्दोलनमा नेपाल सरकारले समर्थन गर्नुपर्ने बताएको छ।

‘लोकतन्त्र, स्वतन्त्रता र जनताको अधिकारको रक्षाका लागि म्यानमारमा भइरहेको आन्दोलनको पक्षमा दृढतापूर्वक समर्थन र सैनिक ‘कू’ को भत्सर्ना गर्न नेपाल सरकार, नेपालका राजनीतिक दलहरू, संयुक्त राष्ट्र संघ, मानव अधिकारवादी अन्तराष्ट्रिय संघ–संगठन र सम्पूर्ण लोकतान्त्रिक देश र पार्टीहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।

गत शुक्रबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसेको थियो। उक्त बैठकमा म्यानमारमा भइरहेको आन्दोलनबारे पनि प्रसंग उठेको थियो।

‘लोकतान्त्रिक पद्धतिमार्फत निर्वाचित सरकारलाई फेब्रुअरी १ गते म्यानमारको सेना प्रमुखले कू गरी अलोकतान्त्रिक, अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी शासन–सत्ता स्थापना गरेको तानाशाही प्रवृत्तिले लोकतान्त्रिक प्रणाली, मूल्य–मान्यता र नागरिकका मौलिक अधिकारप्रति गम्भीर आघात परेकोले म्यानमारको सैन्य ‘कू’ को नेपाली कांग्रेसले घटना लगतै निन्दा र विरोध प्रकट गरिसकेको छ । आजको बैठक म्यानमारको कू र पछिल्लो बर्बर दमनको घोर भत्सर्ना गर्दछ,’ उक्त निर्णयमा भनिएको छ।

म्यानमारमा हालसम्म पाँच सयभन्दा बढी नागरिकको हत्या गरेर पाँच हजारभन्दा बढी नागरिकहरूलाई गैरकानुनी रुपमा सैनिक हिरासतमा राखिनु अत्यन्तै दुःखद रहेको कांग्रेसको भनाइ छ।

लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाद्वारा निर्वाचित सरकारलाई तत्काल पुनर्वहाली गर्न र प्रजातन्त्रवादी नेतृ एवं आङ साङ सुकीसहित बन्दी बनाइएका राजनीतिक दलका नेता र लोकतन्त्रका लागि संघर्षरत सम्पूर्ण स्वतन्त्रताप्रेमी म्यानमारका नागरिकलाई अविलम्व विनाशर्त रिहाई गर्दै लोकतान्त्रिक प्रणाली पुनःस्थापित गर्न पनि कांग्रेसले माग गरेको छ।

‘विश्वको कुनै पनि भूगोलमा भएका स्वतन्त्रता, नागरिक अधिकार, लोकतन्त्र, विधिको शासन, मानव अधिकारको आन्दोलनलाई कांग्रेसले स्थापनाकालदेखि नै समर्थन गर्दै आएको स्मरण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन र म्यानमारको लोकतान्त्रिक आन्दोलन तथा नेपाली कांग्रेस र आङ साङ सुकीको नेशनल लिग फर डेमोक्रेसी बीच घनिष्ठ सम्बन्ध रहेको तथ्य समेत स्मरण गर्दै जारी लोकतान्त्रिक आन्दोलनप्रति पूर्ण समर्थन तथा ऐक्यबद्धता व्यक्त गर्दछौं,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!