हिपमत डटकम
इटहरी,२० माघ :मिस मार्टिना २०२० का सहभागीहरु तालिम र अवलोकनमा निकैनै व्यस्त देखिन्छन ।यस प्रतियोगिताका सहभागीहरुलाई हिजो २ विधामा तालिम दिएको थियो । जस अन्तर्गत कार्यक्रम प्रस्तोता तथा निर्माता सुशिल नेपालले सहभागीहरुलाई उत्प्रेणा तथा हौसला प्रदान गरेका छन ।निकैनै व्यस्त नेपालले आफ्नु अमुल्य समय सहभागीहरु सग आफ्नु अनुभव आदान प्रदान गरेका थिए । साथै नेपालले सहभागीहरुलाई पर्यटन बर्ष भएकोले हत्वपूर्ण स्थान, पर्व, संस्कृति, खानपिन आदिको बारेमा जानकारी दिएका थिए ।

त्यसै गरि हिजो नै भएको खाना तथा पिय पदार्थको बारेमा सहभागीहरुलाई ग्लोबल ड्रिम्सका संचालक स्मित कार्कीले जानकारी दिएका थिए त्यसै गरि भोजन शिष्टाचारका बारेमा पनि सहभागीहरुलाई जानकारी दिएका थिए । सहभागीहरु हिजो निकै नै उत्साहित पनि देखिएका थिए ।

त्यसैगरी अफिसियल कोरियोग्राफरमा नेहा बजाज रहेकी छन् भने अफिसियल फोटोग्राफी पार्टनरमा बज फोटो एंड भिडियो स्टुडियो रहेको छ ,इभेन्ट पार्टनरमा सोच खबर प्रा लि रहेको छ । यस कार्यक्रमलाइ सफल पार्नका लागि सहयोगी सदस्यहरुमा प्रिया कुवर ,कन्चन तिवारी लगाएतको सहभागिता रहेको छ ।

त्यसै गरि यस प्रतियोगितामा बिजेता हुनेले नगद रु.५० हजार प्राप्त गर्ने त्यसै गरि द्रोसो हुनेले रु. २० हजार तेस्रो हुनेले रु. १५ हजार नगद पाउने छन ।लामो समय देखि मार्टिना मेकअप स्टुडियो चलाउदै आएकी श्रेष्ठले महिलाहरुमा लुकेर रहेको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको तथा आत्मबल बढाउन इटहरीमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बताउछिन् ।यसै कार्यक्रम बाट मुनाफा भएको केहि रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्ने र बिशेष गरि भिजिट नेपाल २०२० चलि रहेको बेला यसलाई पनि सफल पर्न आन्तरिक पर्यटनको प्रवर्दन गर्न उद्देश्यले प्रतियोगिता संचालन गरेको श्रेष्ठ बताउछिन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!