हिपमत डटकम

शनिबार, चैत्र २१, २०७७ || 1035  पटक पढिएको

सुनसरीमा ३ जना सहित आज प्रदेश नं १ मा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएकामा सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा १ पुरुष, धरान उपमहानगरपालिकामा १ महिला र दुहबी नगरपालिकामा १ पुरुष गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी विराटनगर महानगरपालिकामा १ महिला २ पुरुष सँगै ३ जना, झापाको कनकाई नगरपालिकामा १ जना पुरुष र पाँचथरको कुम्मायक गाउँपालिकामा १ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज प्रदेश नं १ मा २ महिला सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिले सम्म प्रदेश १ मा जम्मा ३० हजार ३ सय ३९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

२९ हजार ८ सय २३ जना निको भएका छन् भने ४ सय ६६ जनाको मृत्यु भएको छ भने अहिले ५१ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!