हिपमत डटकम

शनिबार, चैत्र २१, २०७७ || 615  पटक पढिएको

ललितपुर मेयर महिला च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश एकलाई पराजित गरेको छ। शनिबार किर्तिपुरस्थित त्रिवि मैदानमा भएको उद्‌घाटन खेलमा एपिएफले प्रदेश १ लाई ८ विकेट हरायो।

प्रदेश १ ले दिएको १०७ रनको लक्ष्य एपिएफले १२ बल खेल्न बाँकी छदा २ विकेटको क्षतिमा पूरा गर्‍यो। एपिएफको जितमा कप्तान सीता रानामगरले अर्धशतक प्रहार गरिन्। उनले नटआउट ५२ रन जोड्ने क्रममा ७ चौका हिर्काइन्। ओपनर ज्योती पाण्डेले ३२ रन जोड्दा सरिता मगर ६ रनमा आउट भइन्। इन्दु बर्माले नटआउट ८ रनको योगदान दिइन्।

बलिङमा प्रदेश एकका रुबिना क्षेत्री र संगिता राईले एक-एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४ विकेटको क्षतिमा १०६ रन जोड्यो। उसका लागि रोमा थापाले ३३ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले ४५ रनको योगदान दिइन्।

बलिङमा एपिएफकी बिनु बुढा, रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले एक-एक विकेट लिए।

यता दिनको दोस्रो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्सलाई ७ विकेटले हरायो।

पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेटको क्षतिमा १०७ रन जोड्यो। ललितपुरका लागि कन्चन श्रेष्ठले नटआउट ६३ रन जोडिन्। उनले ५६ बलमा ८ चौका प्रहार गरिन्।

१०८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। उसक लागि मन्जु बोकटीले ४१ रन जोडिन् भने रेवती धामीले १८ रनको योगदान दिइन्।

डोली भट्टले १४ बलमा २ चौका र १ छक्कासहित २२ रन र कविता जोशीले १० बलमा नटआउट १० रन जोडिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!