हिपमत डटकम
प्रकाश पाक्साँवा
तेह्रथुम, २० माघ :तेह्रथुम जिल्लाको छ्थर गाउँपालिका २ हमर्जुङ फयाकमा एक कार्यक्रमका बीच सामुदायिक स्वास्थ्य इकाई उद्द्घाटन गरिएको छ । वडाका दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा दिने उदेश्यका स्थापन गरिएको स्वास्थ्य इकाईको उद्दघाटन छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले गर्नु भएको थियो । स्वास्थ्य इकाई उद्दघाटनको अबसरमा भवन निर्माणका लागि जग्गा प्रदान गर्नु हुने छ्थर गाउँपालिका २ का वडा अध्यक्ष कुलबहादुर कार्किलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सामान्य स्वास्थ्य जाँच गर्न समेत घण्टौ लामो बाटो हिडेर सेवा लिँदै आएका नागरिकहरुलाई स्वास्थ्य इकाई स्थापनाले टेवा पुग्ने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनु भयो । इकाई उद्दघाटन भएपछि स्थानीय नागरिकहरुले सेवा लिन थालेको छथर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सन्जित रसाइलीले बताउनु भयो । उद्दघाटन कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,टोल बिकास समितिका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेकोे थियो ।