हिपमत डटकम

शनिबार, चैत्र २१, २०७७ || 1229  पटक पढिएको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरिएको थियो ।

केही जिल्लाको सदस्यता वितरण र नवीकरणको काम बाँकी रहेकाले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले थप समय मागेपछि बैठकले चैत मसान्तसम्मको समय बढाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सो वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता शर्माले जानकारी दिए ।

शुक्रबार दिउँसो २ बजेका लागि तय भएको बैठक राति ८ बजे मात्र बसेको थियो । बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य पदाधिकारीबीच अनौपचारिक रुपमा झण्डै छ घण्टा पार्टी कार्यालयमै छलफल भएको थियो । पार्टी प्रवक्ता शर्माले प्रतिनिधिसभाको पुनःस्थापनापछि पनि प्रधानमन्त्री ओलीले पद त्याग गरेर मार्ग प्रसस्त नगरेपछि कांग्रेस राजीनामा माग्ने निर्णयमा पुगेको बताए ।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!