हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 983  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना मुद्दामा शुक्रबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासमा रहेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा राखिएको छ ।

संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहँदा संवैधानिक इजलास र कानुन व्यवसायीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाका २ मुद्दा परेका थिए । प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

 

यसअघि उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्रीलाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । उक्त आदेश अनुसार प्रधानमन्त्री ओलीले लिखित जवाफ पनि पेश गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले अदालतको अवहेलना गर्ने मनसाय नराखेको प्रष्टीकरण दिँदै प्रधानमन्त्रीविरुद्ध मुद्दा हाल्ने कामलाई निरुत्साहित गर्नुपर्ने भनी लिखित जवाफ पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!