हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 845  पटक पढिएको

ताइवानमा ३५० यात्री बोकेको रेल सुरुङभित्र दुर्घटनाग्रस्त भएको छ । ट्रकलाई ठक्कर दिएपछि भएको उक्त दुर्घटनामा ३६ जनाको मृत्यु भएको र ७२ जना घाइते भएको रोयटर्सले जानकारी दिएको छ । यसलाई पछिल्लो चार दशक यताकै भयानक दुर्घटना बताइएको छ ।

ताइवानको केन्द्रीय आपतकालीन सञ्चालन केन्द्रले सुरुङभित्र असाध्यै क्षतीग्रस्त अवस्थामा रहेको रेलसम्म पुग्न उद्दारकर्तालाई निकै कठिन भइरहेको जानकारी दिएको छ ।

स्थानीय यातायात मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले दुर्घटनामा ७२ जना घाइते भएको जानकारी दिएको छ ।

‘दुर्घटना आज बिहान ह्वालियनको सुरुङभित्र भएको हो,’ ताइवानकी राष्ट्रपति साइ इंग–वेनले भनिन् ।

‘बिरामी र घाइतेका लागि आपतकालीन व्यवस्था लागू गरिएको छ । हालका लागि रेलभित्र च्यापिएकाको उद्धार गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’

रोयटर्सले दमकल विभागलाई उद्धृत गर्दै सयजनालाई निकालिसकिएको जानकारी दिएको छ ।

यसअघि सन् २०१८ मा उत्तरपूर्वी ताइवानमा रेल दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । यस्तै उत्तरी ताइवानमा सन् १९८१ मा भएको रेल दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!