हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 584  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहली एक्लो खेलाडी हुन्, जसले सुरुवातदेखि अहिलेसम्म एकै फ्रेन्चाइजी टिमबाट खेलिरहेका छन् । विराटको टोली रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले २०१३ मा उनलाई कप्तान बनायो ।

यद्यपी सुरुवातदेखि अहिलेसम्म टोलीलाई उपाधि जिताउन विराटले सकेनन् । अहिलेसम्म यो टोली ३ पटक फाइनलमा पुगिसकेको छ, तर च्याम्पियन बन्न सकेको छैन ।

कोहली आईपीएलका पहिलो खेलाडी हुन्, जसले ५ हजार रनको आँकडा छोएका छन् । १ सय ९२ खेलबाट ५ हजार ८ सय ७८ रन बनाएका कोहली आईपीएलमा सर्वाधिक रनकर्ताको सुचीमा पहिलो स्थानमा छन् । २०२१ को सिजनमा उनीसामु ६ हजार रनको आँकडा छुने अवसर छ ।

टिम इन्डियाका सफल कप्तान

विराटको कप्तानीमा भारतीय टिमले टेस्ट, वान डे र टी–२० गरेर २ सय म्याच खेलिसकेको छ । यसमध्ये ६४ प्रतिशत अर्थात १ सय २८ खेल जितेको छ । टी–२० इन्टरनेशनलमा कोहलीको कप्तानीमा भारतीय टिमले ४५ मध्ये २७ म्याच जितेको छ । अर्थात्, सक्सेस रेट ६० प्रतिशत छ । तर, जब आईपीएलको कुरा आउँछ, तब कोहलीको कप्तानी फिक्का लाग्छ ।

 

२०११ देखि अहिलेसम्म उनको कप्तानीमा आरसीबीले १ सय २५ खेल खेल्यो, यसमध्ये केवल ४४ प्रतिशत अर्थात् ५५ खेलमात्रै जितेको छ ।

गत सिजन चुके

गत सिजन कोहलीसँग आरसीबीलाई उपाधि जिताउने सुनौलो अवसर थियो । टिमले प्ले अफमा स्थान बनाएको थियो । तर, एलिमिनेटर राउन्डमा सनराइजर्स हैदरावादले ६ विकेटले हरायो । त्यस सिजन कोहलीले १५ खेलमा ४ सय ६६ रन बनाएका थिए । उनी टिमका सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा थिए । आरसीबीका लागि यस सिजन युवा खेलाडी देवदत्त पडिक्कलले १५ खेलमा सबैभन्दा धेरै ४ सय ७३ रन बनाएका थिए ।

२०१६ मा फाइनलमा हार

आईपीएलमा २०१६ को सिजन कोहलीका लागि व्यक्तिगत रुपमा राम्रो रह्यो । उनले यस सिजन सर्वाधिक ९ सय ७३ रन बनाए । एकै सिजन कुनै खेलाडीले यति धेरै रन बनाएको यो पहिलो अवसर थियो र यो कीर्तिमान अझै पनि कायम छ । यही दौरान उनले एकै सिजनमा सर्वाधिक ४ शतक बनाउने अर्को कीर्तिमान पनि बनाएका थिए । यस सिजन आरसीबी फाइनलमा पुुगेको थियो, तर सनराईजर्स हैदरावादले ८ रनले हरायो ।

आईपीएलको १४ औं सिजन ९ अप्रिलबाट सुरु हुनेवाला छ । फाइनल खेल ३० मेइमा खेलिनेछ । यस सिजन सबै ८ टिमले ५२ दिनमा फाइनल समेतगरी ६० खेल खेल्नेछन् । अहमदावाद, बैंगलोर, चेन्नई, दिल्ली, मुम्बई र कोलकातागरी ६ वटा शहरहरुमा खेलहरु हुनेछन् । फाइनल खेल अहमदावादको नरेन्द्र मोदी रंगशालामा खेलिनेछ ।

 

देशभित्रै प्रतियोगिता आयोजना हुने भएपनि यसपटक कुनै पनि टिमले आफ्नो खेल घरेलु मैदानमा खेल्नेछैनन् । अर्थात्, कलकत्ताको म्याच कलकत्तामा र मुम्बईको म्याच मुम्बईमा हुनेछैन ।

मुम्बई सबैभन्दा सफल टिम

आईपीएल इतिहासमा अहिलेसम्म मुम्बई इन्डियन्सले सर्वाधिक ५ पटक उपाधि जितेको छ । अघिल्लो सिजन दिल्लीलाई हराएर मुम्बईले ५ औं पटक उपाधि जितेको थियो ।

रोहितको कप्तानीमा रहेको यो टिमले त्यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा पनि उपाधि जितेको थियोे । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले २०१०, २०११ र २०१८ मा उपाधि जितेको छ । चेन्नई सर्वाधिक आठपटक फाइनल खेल्ने टिम पनि हो । २००८, २०१२, २०१३,२०१५ र २०१९ मा भने यो टोली उपविजेतामै सिमित रह्यो ।

कोलकाता र हैदरावादले २–२ पटक उपाधि जितेका छन् । कोलकाताले २०१२ र २०१४ तथा हैदरावादले २००९ र २०१६ उपाधि जितेको थियो । राजस्थानले २००८ मा प्रतियोगिताको पहिलो सिजनमा उपाधि जितेको थियो । पञ्जाब, दिल्ली र बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् ।

स्रोतः दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!