हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 1214  पटक पढिएको

सिन्धुपाल्चोकको मेलम्चीबाट खानेपानी ल्याएर काठमाडौंबासीको धारामा खसाल्ने करिब ३० वर्षको सपना अहिले साकार भएको छ । वर्तमान सरकारले यो कार्यको जस लिने प्रयास एकातर्फ गसिररहेको छ भने अर्कोतिर विपक्षी दल नेपलाी कांग्रेसले पनि यसको जस आफूले लिने प्रयास गरिरहेको छ ।

आज शुक्रबार भृकुटीमण्डपबाट राष्ट्रपतिले मेलम्ची आयोजनाको पानी वितरण औपचारिकरुपमा उदघाटन गर्नेकार्यक्रम तय भएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत उपस्थित हुँदैछन् । तथापि भृकुटीमण्डमा आयोजना गरिएको पानी वितरण समारोहमा खानेपानी मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्रीका साथमा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएर कांग्रेसको भूमिकालाई पनि आत्मसाथ गर्न खोजेको देखिएको छ ।

उता पानी वितरणको औपचारिक उदघाटन नै हुन नपाउँदै नेपाली कांग्रेसका १० नम्बर वडा अध्यक्ष रामकुमार केसीले नयाँ बानेश्वरस्थित आकाशे पुलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तस्वीर राखेर यो आयोजना कांग्रेस नेताको सपना रहेको बताउन भ्याइसकेका छन् ।

वडाध्यक्ष केसीले टाँगेको व्यानरमा लेखिएको –सन्त नेता कृष्णप्रसाद भट्टराईको सपनापछिको मेलम्ची पानीको योजना राजधानीबासीको दुखको निराकरण ३० वर्षमा यथार्थमा परिवर्तन, जयनेपाल !’

त्यसो त नेपाली कांग्रेसको प्रचार विभागले मेलम्ची आयोजना कांग्रेस नेता भट्टराईको सपना थियो भन्दै भिडियो फुटेज नै तयार पारिसकेको छ ।

हुन पनि मेलम्चीको पानी काठमाडौं ल्याउँछु भनेर पहिलोपटक भाषण गर्ने कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नै थिए । तर, त्यो आयोजना पूरा हुन ३० वर्ष लाग्यो । र, आयोजना पूरा हुने बेलामा एमाले अध्यक्ष केपी ओली सत्तामा भएकाले वर्तमान सरकारले यसलाई आफ्नो उपलब्धीका रुपमा व्याख्या गर्न खोज्नु पनि स्वाभाविकै हो ।

आखिर ३० वर्षसम्म विभिन्न सरकारहरुले काम गरेपछि बल्ल साकार भएको मेलम्ची खानेपानी आयोजनाको जस कसलाई दिने ? कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई कि वर्तमान प्रधानमन्त्री केपी ओलीलाई ? कि यसमा जस लिने होडबाजी नै गलत छ ? यसबारे बहस गर्ने जिम्म चाहिँ आम जनसुमदायकै हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!