हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 686  पटक पढिएको

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हादसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्र ३९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटक छत्तीसगढमा पनि चार हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

भारतमा केही समययता कोरोना संक्रमण निरन्तर बढ्दो छ । संक्रमण नियन्त्रणका लागि महाराष्ट्रलगायत केही राज्यले सामाजिक गतिविधिमा कडाइ गर्ने नियम ल्याएका छन् । तर त्यसको प्रभाव खासै देखिएको छैन ।

विशेषज्ञहरुले भारतमा मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको आवश्यक मापदण्ड पालना नगरेको कारण अहिलेको अवस्था सिर्जना भएको बताएका छन् । त्यसका साथै चाडपर्व तथा स्थानीय निर्वाचनको भेलामा पनि कुनै रोक नलगाइएका कारण संक्रमण बढेको उनीहरुले दाबी गरेका छन् ।

भारतले कोरोना संक्रमण नियन्त्रणका लागि भनेर खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतमा हालसम्म ६ करोड ५१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । भारत सरकारले बिहीबारदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि कोरोना खोप लगाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!