हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 529  पटक पढिएको

काठमाडौं । ब्राजिलमा मार्च महिनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ६६ हजार ५७० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको यो संख्या अघिल्लो महिनाको तुलनामा दोब्बरभन्दा बढी हो ।

ब्राजिलमा केही समययता कोरोना संक्रमणको दर निरन्तर बढ्दो छ । संक्रमण नियन्त्रणका लागि आवश्यक कदम चाल्न नसकेको भन्दै राष्ट्रपति जेयर बोल्सोनारोको पनि आलोचना हुँदै आएको छ । यसै साता बोल्सोनारोप्रति असन्तुष्ट जल, हवाई र स्थल फौजका प्रमुखले राजीनामा दिएका छन् । यसअघि विदेशमन्त्री र रक्षामन्त्रीले पनि राजीनामा दिएका थिए ।

बोल्सोनारोले कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक गतिविधिमा कडाइ गर्ने योजनाको विरोध गर्दै आएका छन् ।

बुधबार ब्राजिलमा ३ हजार ८ सय जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । हाल विश्वभर कोरोनाबाट दैनिक मृत्यु हुनेमध्ये एक चौथाइ ब्राजिलका हुने गरेका छन् । ब्राजिलमा हालसम्म एक करोड २७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने तीन लाख २१ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!