हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 712  पटक पढिएको

महाधिवेशनको मिति नजिकिँदै गर्दा सही नेतृत्व चयन गरिनुपर्ने भन्दै राप्रपाभित्र आन्तरिक छलफल, भेला तथा बैठक तीव्र बन्दै गएको छ । वैशाख २५ देखि २८ सम्म महाधिवेशन तोकिएको अवस्थामा पार्टीलाई गतिदिन युवा पुस्तालाई अघि सानुपर्ने मत राप्रपामा बलियो छ ।

यही विषयमा राप्रपाका एक समूहको सुनसरीको इटहरीमा भेला भएको छ । सो भेलामा एमाले प्रवेश गरेका पूर्व सभामुख गंगा यादव पनि सहभागी भएका छन् । भेलामा यादवको सहभागिता रहेको राप्रपा नेता दिलनाथ गिरीले पुष्टि गरे ।

‘उहाँ अहिले हाम्रो पार्टीमा हुनुहुन्न तर सही नेतृत्व र गतिदिने गरी वातावरण बन्छ भने म पार्टीमा फर्किन तयार छु भनेर बैठकमा आएर भन्नु भएको छ’, उनले  भने । प्रतिनिधिसभा निर्वाचन अघि यादव अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल लगायतले बालकोटमा आयोजित कार्यक्रममार्फत पार्टीमा स्वागत गरेका थिए ।

इटहरी भेलामा नेता गिरीसहित रामकुमार सुब्बा, प्रह्लाद शाह, केदार कोइराला, स्पर्श कार्की, टंक दाहाल, भीम श्रेष्ठ, जयबहादुर श्रेष्ठलगायत सहभागी रहेका थिए ।

उनीहरुले पार्टीका अध्यक्षत्रयबाट एक जना अबको महाधिवेशनबाट सर्वसम्मतका साथै पार्टीलाई पनि गति दिनसक्ने ग्यारेन्टी हुन सके स्वीकार गरिने नत्र युवा वा दोस्रो पुस्ताबाट नेतृत्व चयन गरिनुपर्ने निष्कर्ष निकालेका छन् ।

नेता गिरीले देशव्यापी रुपमा नेता कार्यकर्ताको अपेक्षा पनि त्यही रहेको भन्दै यसका सबै पक्षसँग थप छलफल गरेर अघि बढिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!