हिपमत डटकम

बुधबार, चैत्र १८, २०७७ || 623  पटक पढिएको

आज बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा दुई पूर्व सांसदको निधनमाथि शोक प्रस्ताव पारित गर्ने उल्लेख छ । गत चैत १३ गते निधन भएका पूर्व सांसद नेपाली काँग्रेस नेता नविन्द्रराज जोशी र चैत १६ गते निधन भएकी पूर्व सांसद एवं काँग्रेस नेतृ लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । साथै विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले आफ्नो समितिको वार्षिक प्रतिवेदन बुझाउने कार्यसूची तय गरिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको १ महिना समय बितिसक्दा पनि सदनको कामकारवाही नियमित लयमा फर्कन सकेको छैन । सरकारले सदनलाई काम गर्नका लागि ‘बिजनेस’ नदिएका कारण सदनमा हुने नियमित गतिविधि सञ्चालन हुन सकेको छैन् भने विभिन्न विषयगत समितिबाट पारित भएका विधेयकहरु पास हुन सकेका छैनन् । प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गर्न र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश गर्नमै सिमित बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!