हिपमत डटकम

बुधबार, चैत्र १८, २०७७ || 741  पटक पढिएको

सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि प्रचण्डले चासो नदिएको बताए । आफूले फैसला आएकै दिन टेलिफोन गरेर छलफल गरौं भन्दा केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भनेको तर पछि इच्छा छैन भनेर मजाक गरेको ओलीले बताए ।

 

सर्वोच्चले पार्टी एकता खारेज गरेको भन्नु ठीक नभएको ओलीले टिप्पणी गरे । ‘एकता बाँकी थियो र भंग गर्ने अदालतले ?’ मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा उनले प्रश्न गरे, ‘अध्यक्ष निकालिसकेको छ । दलको नेता निकालिसकेको छ । दलको नेतालाई साधारण सदस्यबाट निकालेको छ । मैले फोन गरेकोलाई मजाक गर्ने इच्छा छैन भनेर, ठीक छ नि त आफ्नो आफ्नो पार्टी चलाउने ।’

उनले अघि भने ‘त्यहाँ एकता बाँकी थियो भनेर ढाँट कुरा गर्ने ?’उनले भने, ‘ …ठीक छ नि त आआफ्नो पार्टी चलाऔं ।’ आफूले फोन गर्दा चासो नदिने अनि अदालतले फुटाइदियो भन्नु उचित नहुने प्रचण्डले बताए ।

मंगलबार पुनरावेदन निवेदन लिएर प्रचण्ड अदालत गएको विषयमा टिप्पणी गर्दै ओलीले भने ‘अदालत मजाक गर्ने ठाउँ हो र ?’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!