हिपमत डटकम

मंगलबार, चैत्र १७, २०७७ || 590  पटक पढिएको

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा (सीबीपी)ले मलेसियाको टप ग्लोब कम्पनीले निर्माण गरेको पञ्जा जफत गर्न निर्देशन दिएको छ । कम्पनीले पञ्जा उत्पादनको क्रममा श्रम शोषण गरेको भन्दै सीबीपीले पञ्जा जफतको लागि निर्देशन दिएको हो ।

सीबीपीले आफूसँग श्रम शोषण भएको हो भनेर पुष्टि गर्ने पर्याप्त प्रमाण रहेको दाबी गरेको छ । टप ग्लोब विश्वको सबैभन्दा ठूलो लेटेक्स पञ्जा उत्पादक कम्पनी हो । यो कम्पनीले विश्वका १९५ मुलुकमा पञ्जा निर्यात गर्दै आएको छ । कम्पनीले श्रम संस्कार सुधारका लागि उल्लेख्य कदम चाल्दै आएको बताउँदै आएको छ ।

सीबीपीले सस्तो मूल्यमा पञ्जा बिक्रीको लागि श्रम शोषणलाई सहन नसकिने बताएको छ । गत जुलाईमा अमेरिकाले टप ग्लोबका दुई कम्पनीका उत्पादनमा प्रतिबन्ध लगाएको थियो । अहिले भने टप ग्लोबले उत्पादन गरेका सबै किसिमको पञ्जामा प्रतिबन्ध लगाइएको हो ।

टप ग्लोबमा मजदुरहरुलाई समयभन्दा बढी काममा लगाएको र उनीहरुको काम गर्ने तथा बस्ने ठाउँको अवस्था पनि सही नभएको अमेरिकाको आरोप छ ।

सभार :-  अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!