हिपमत डटकम

आइतबार, चैत्र १५, २०७७ || 1079  पटक पढिएको

काठमाडौं । इन्डोनेसियाको मकास्सार शहरस्थित एक क्याथोलिक चर्चबाहिर भएको आत्मघाती बम विष्फोटमा परी कम्तीमा १० जना घाइते भएका छन् ।

आइतबार आत्मघाती आक्रमणकारीले क्याथोलिक चर्चबाहिर विष्फोट गराएको प्रहरीले जनाएको छ । घटनास्थलमा मानिसको शरीरका टुक्रा पनि भेटिए पनि अहिलेसम्म पहिचान हुन सकेको छैन ।

यसअघि इस्लामिक चरमपन्थी समूहले पनि चर्चहरुमा आक्रमण गर्दै आएका थिए । तर, यो घटनाको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।
चर्चका पादरीले दिएको जानकारीअनुसार आक्रमणकारीहरु मोटरसाइकलमा आएका र उनीहरुले चर्चभित्र प्रवेश गर्ने प्रयास गरेका थिए । उक्त आक्रमणमा परी घाइते भएका केहीको अवस्था गम्भीर रहेको उनले बताए ।

मकास्सारका मेयरले यो विष्फोट सहायक द्वारमा भएको उल्लेख गर्दै मुख्य द्वारमा विष्फोट गराइएको भए ठूलो क्षति हुनसक्ने बताए ।

बहुसंख्यक मुसलमान भएको इन्डोनेसियामा यसअघि पनि चर्चहरुमा आक्रमण हुँदै आएको छ । सन् २०१८ मा सुरबाया शहरस्थित चर्चमा भएको आक्रमणमा दर्जनौं मानिसको मृत्यु भएको थियो ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!