हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 537  पटक पढिएको

नासाले आफ्नो आधिकारिक इन्स्टाग्राममा ब्रह्माण्डमा अहिलेसम्म देखिएको पाँचौं सबैभन्दा चम्किलो ग्यालेक्सीको तस्वीर सेयर गरेको छ । नासाका अनुसार यस ग्यालेक्सीको बीचमा धूलोको अपार भण्डार रहेको छ । यसबाहेक यसको केन्द्रमा रहेको एउटा महाविशालकाय (सुपर म्यासिभ ) ब्ल्याक होलबाट जेट पनि निस्किरहेको छ । सेन्टारस ए -Centaurus A)​ वा सेन ए (Cen A वा एनजिसी ५१२८ NGC 5128)​ नामले चिनिने यो ग्यालेक्सी पृथ्वीबाट १.२ करोड प्रकाश वर्ष टाढा अवस्थित छ ।

 

यसलाई पृथ्वीबाट सबैभन्दा नजिकको रेडियो ग्यालेक्सी मानिन्छ । यसबाट आउने प्रकाशको हरेक वेबलेन्थले केही बेग्लै बताइरहेको हुन्छ । यो पृथ्वीको दक्षिणी गोलार्द्र्धबाट सबैभन्दा स्पष्ट देखिन्छ ।

 

सेन्टारस ए ग्यालेक्सीको तस्वीरमा कालो धुलोले भरिएको लामो श्रृङ्खलामा केही निलो युवा तारा पनि देखिएका छन् । जो एकआपसमा एकले अर्कोलाई बीचबाट काटिरहेको जस्तो देखिन्छ । पहिलो तस्वीर ग्यालेक्सीको एक चौथाइ हिस्साको हो जो व्यवसायिक तथा शौखिन खगोलविदको संयुक्त प्रयासको उपलब्धि हो । यसमा गैर व्यावसायिक टेलिस्कोपबाट प्राप्त अप्टिकल आँकडासमेत सामेल गरिएका छन् । तस्वीर बनाउनमा नासाको पुराना अभियानको आँकडालाई पनि सामेल गरिएको छ ।

 

नासाका अनुसार हन्ट्सविलेमा रहेको उसको मार्शल स्पेश फ्लाइट सेंटरले साइन्स मिशन डाइरेक्टको चन्द्रा कार्यक्रम (Chandra Programme)​ नियन्त्रित गर्छ । यसै गरी क्याम्ब्रिजको स्मिथसन एस्ट्रोफिजिकल आर्वजेटरीले चन्द्रा कार्यक्रमको साइन्स तथा फ्लाइट अपरेशन्स नियन्त्रण गर्ने गर्छ ।

सेन्टारस ए ग्यालेक्सीलाई दुर्इ विभिन्न ग्यालेक्सीको ठक्करको परिणाम मानिन्छ जसकारण यसले यो अनौठो आकृति प्राप्त भएको हो । ग्यालेक्सीको केन्द्रको नजिक रहेका खगोलीय अवशेष लगातार ब्ल्याकहोलको मुखमा गइरहेका छन् ।

सेन्टारस ए ग्यालेक्सीको केन्द्रमा रहेको महाविशाल बल्याकहोलको द्रव्यमान हाम्रो सूर्यभन्दा अर्वौं गुना बढी रहेको छ। सक्रिय ग्यालेक्सी भएका कारण यसबाट रेडियो, एक्सरे र गामा विकिरणको उत्सर्जन भइरहेको छ । यसका साथै ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होलबाट एक्सरे र रेडियो तरङ्ग जेट उत्सर्जित हुन्छन् । यो एक्सरे जेट हजारौं प्रकाश वर्ष लामो छ भने रेडियो जेट लाखौं प्रकाश वर्ष लामो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!