हिपमत डटकम

शुक्रबार, चैत्र १३, २०७७ || 423  पटक पढिएको

काठमाडौं । ब्राजिलमा बिहीबार एकैदिन एक लाखभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ब्राजिलमा कोरोनाका एक लाख १५८ नयाँ संक्रमित थपिएका हुन् ।

ब्राजिलमा पछिल्लो केही समययता निरन्तर कोरोना संक्रमण बढिरहेको छ । विशेषज्ञहरुले कोरोनाको नयाँ प्रकारको संक्रमणको कारण मुलुकमा कोरोनाको नयाँ लहर फैलिएको बताएका छन् ।

त्यस्तै बिहीबार ब्राजिलमा कोरोनाको कारण दुई हजार ७७७ जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तीन लाख तीन हजार नाघेको छ ।

ब्राजिलमा कोरोना संक्रमणको अवस्था भयावह देखिएसँगै यसै विषयलाई लिएर राजनीतिक संकट पनि बढेको छ । ब्राजिलका विपक्षी नेताहरुले राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना नियन्त्रणको लागि आवश्यक कदम नचालेको कारण अहिलेको अवस्था आएको बताएका छन् ।

त्यस्तै ब्राजिलमा पर्याप्त मानिसहरुले कोरोना खोप ल्याउन नसकेको भन्दै नेतृत्वको आलोचना हुँदै आएको छ । सरकारले राम्रोसँग समन्वय नगर्दा ब्राजिलमा पर्याप्त मात्रामा कोरोना खोप आउन नसकेको विपक्षीहरुको आरोप छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!