साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहान अल साउदले चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा पश्चिम एसियाको शान्ति र स्थिरतामा बेइजिङको सक्रिय प्रयासको सराहना गरेका छन् ।

‘साउदी पक्ष पश्चिम एसिया क्षेत्रमा सुरक्षाका विषयमा चीनले खेलेको सक्रिय भूमिकालाई स्वागत गर्छ र यी क्षेत्रहरूमा चीनको पहलकदमीलाई स्वागत गर्छ,’ अल साउदले बताए ।

बुधवार वाङले पश्चिम एसियाको भ्रमण शुरू गरेका छन् । उनी साउदी, टर्की, इरान, यूएई, बहराइन र ओमानको भ्रमण गर्दैछन् ।

साउदी अरबले छिमेकी मुलुक यमनमा संयुक्त राष्ट्रसंघको प्रायोजनमा युद्धविरामको प्रस्ताव गरेलगत्तै वाङ साउदी पुगेका हुन् । बेइजिङले यस पहलकदमीको स्वागत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!