हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 480  पटक पढिएको

सिद्धार्थ बैंक लिमिटेडले शुक्रबारदेखि विदेशी मुद्राको भुक्तानी सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले ‘सिद्धार्थ ईकम कार्ड’को सुरुवात गरेको छ । यस सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रूपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही गरेर कार्डमार्फत नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको हुनुपर्नेछ भने सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ । प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य मुद्रा जम्मा गर्न सक्ने पनि बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढि सुविधाजनक बनाउने र बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!