हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 651  पटक पढिएको

काठमाडौं । उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उत्तर कोरियाले प्रक्षेपण गरेको ब्यालेस्टिक मिसाइलहरु जापान सागरमा खसेका थिए ।

जापान, दक्षिण कोरिया र अमेरिकाले बिहीबार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेका छन् । अमेरिकामा जो बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि उत्तर कोरियाले पहिलोपटक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो । अहिले अमेरिका आफ्नो उत्तर कोरिया रणनीतिबारे अध्ययन गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा काउन्सिलले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल विकासमा रोक लगाएको छ । जापानले उत्तर कोरियाको गरेको मिसाइल प्रक्षेपणपछि त्यसको टुक्राहरु आफ्नो पानीमा नखसेको बताएको छ ।

जापान र दक्षिण कोरियाले मिसाइल प्रक्षेपणको निन्दा गरेका छन् । अमेरिकाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसअघि उत्तर कोरियाले पित सागरमा ब्यालेस्टिक बाहेकका दुई मिसाइल प्रक्षेपण गरेको थियो ।

ब्यालेस्टिक बाहेकका मिसाइल प्रक्षेपणबाट कुनै जोखिम नरहेको अमेरिकाले बताएको थियो । ब्यालेस्टिकबाहेकका मिसाइल प्रक्षेपणमा भने राष्ट्रसंघले पनि उत्तर कोरियालाई रोक लगाएको छैन ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!