हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 593  पटक पढिएको

भारतको तमिलनाडु विधानसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचारले पनि तीव्रता पाएको छ ।

मतदाताहरूलाई लोभ्याउनका लागि प्रमुख दलहरूका उम्मेदवार लागिपरेका छन् ।

यसैक्रममा कुम्भकोणममा एआईएडीएमके फ्रन्टका श्रीधर वांडायरले सिलंबम युद्धकला प्रदर्शन गरेका छन् । उक्त युद्धकला गरिरहेका युवकहरूको एक समूहलाई देखेपछि उनी पनि बाँसको लट्ठी लिएर घुमाउन थालेका थिए ।

सिलंबम तमिलनाडुको एक प्रकारको मार्शल आर्ट हो । यो तमिल शब्द सिलम (पहाड) र बम (बाँस) बाट मिलेर बनेको हो । खेलमा प्रयोग गरिने बाँस केरलको कुरिनजी पहाडमा पाइने विशेष बाँस हो ।

यो संसारको सबभन्दा प्राचीन मार्शल आर्टमध्ये एक मानिन्छ । विगत पाँच हजार वर्षदेखि यो अस्तित्वमा रहेको विश्वास छ ।

तमिलनाडुमा ६ अप्रिलमा चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!