हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 1657  पटक पढिएको

इजिप्टस्थित स्वेज नहरमा कार्गो जहाजको आवागमन ठप्प भएको छ । एउटा ठुलो कन्टेनर जहाजले मंगलबार बिहान नियन्त्रण गुमाएर बालुवामा फस्न पुग्दा उक्त जलमार्ग भएर जहाज आवागमन हुन नसकेको हो । ४०० मिटर लामो र ५९ मिटर चौडा सो जहाजलाई त्यहाँबाट हटाउन कयौं जहाज परिचालन गरिएको छ । तर उक्त जहाज निकाल्न कयौं दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

स्वेज नहरको जल मार्गले भूमध्यसागर र ‘रेड सी’ (लाल सागर)लाई जोड्छ । यो एसिया र युरोप बीचको सबैभन्दा छोटो जलमार्ग हो । पनामा दर्ता भएको उक्त जहाज चीनबाट नेदरल्यान्डतर्फ गइरहेको अवस्थामा फसेको हो । हावाको तीव्र गतिका कारण जहाजले नियन्त्रण गुमाउँदा फस्न पुगेको अनुमान गरिएको छ । उक्त जहाज अघि बढ्न सक्ने अवस्थामा नरहेको जनाइएको छ ।

उक्त जहाजलाई त्यहाँबाट निकाल्नका लागि ठुलो परिमाणमा बालुवा निकाल्नुपर्ने हुन सक्ने स्वेज नहरसम्बन्धी कार्यालयका अधिकारीले जनाएका छन् । यसका लागि कयौं दिन लाग्न सक्ने उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!