उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्रहरू प्रक्षेपण गरी अमेरिकाका राष्ट्रपति जो बाइडनको परराष्ट्रनीतिलाई चुनौती दिएको छ ।

बाइडन प्रशासनका एक वरिष्ठ अधिकारीले गत सप्ताहान्तमा क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरे । कूटनीतिक संवाद निष्क्रिय रहेको पनि उनले बताए ।

क्षेप्यास्त्र परीक्षणको खबर सर्वप्रथम वाशिङटन पोस्टले दिएको थियो । अमेरिका र दक्षिण कोरियाका सैनिकहरूले संयुक्त अभ्यास गरेलगत्तै यी परीक्षण गरिएका हुन् । उत्तर कोरियाले संयुक्त अभ्यासलाई पहिलेदेखि नै आपत्ति जनाउँदै आएको छ ।

एक हप्ताअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले अमेरिका आगामी चार वर्ष शान्तिका साथ सुत्नुछ भने गन्दे क्रियाकलाप नगर्न चेतावनी दिएकी थिइन् ।

अमेरिकी अधिकारीहरू दक्षिण कोरियाको राजधानी सौलमा पुगेलगत्तै यो जोङको प्रतिक्रिया आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!