हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 554  पटक पढिएको

बुधबार सेयर बजारको परिसूचक नेप्से ४१ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्सेको अंक २५७० कायम भएको छ।

यस दिन कारोबार रकम पनि बढेको छ। २०८ कम्पनीको ६ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भयो।

जलविद्युत समूह १४ अंकले घट्यो भने अरु सबै समूह बढेका छन्। माथिल्लो तामाकोसीको मूल्य घटेकाले यस दिन सो समूहमा प्रभाव परेको हो। कम्पनीको मूल्य यस दिन २६ रुपैयाँ घटेर ७७२ रुपैयाँ कायम भएको छ।

बैंकिङ २२, ब्यापार ३८१, होटल तथा पर्यटन १७८, विकास बैंक २१, फाइनान्स २२, निर्जीवन बीमा २२१, उत्पादन ५१, अन्य २०, माइक्रोफाइनान्स १२२, जीवन बीमा १४१ र लगानी समूह ४ अंकले बढेका छन्।

६ कम्पनीहरू साल्ट ट्रेडिङ, जलविद्युत लगानी तथा विकास कम्पनी, चन्द्रागिरि हिल्स, आरएसडिसी लघुवित्त, माउन्टेन हाइड्रो र कालिका पावर कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।

निरन्तर बढेको चन्द्रागिरिको मूल्य प्रतिकित्ता १८९० रुपैयाँ कायम भएको छ। सेयर संख्या थोरै हुँदा कम्पनीको वित्तीय स्थिति मजबुत नहुँदा पनि चन्द्रागिरिको मूल्य उकासिएको हो।

यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य ७ प्रतिशतले बढेर प्रतिकित्ता ५८१ रुपैयाँ कायम भएको छ। कारोबारका आधारमा पनि सोही बैंक अग्रस्थानमा रह्यो। ६५ करोड रुपैयाँ बराबरको कारोबार भयो।

त्यस्तै माथिल्लो तामाकोसीको ४१ करोड बराबरको कारोबार भयो। रैराङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!