हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 822  पटक पढिएको

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मंगलबार भएको निर्वाचनमा आफ्नो जित हुने दाबी गरेका छन् । मंगलबार इजरायलमा पछिल्लो दुई वर्षमा चौथोपटक आम निर्वाचन सम्पन्न भएको हो । नेतान्याहू लामो समयदेखि इजरायलको प्रधानमन्त्री रहँदै आएका छन् ।

इजरायलका प्रमुख सञ्चारमाध्यमहरुले पनि मंगलबारको निर्वाचनमा नेतान्याहूको पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने प्रक्षेपण गरेका छन् । इजरायलको संसद १२० सिटको छ ।
नेतान्याहूले यसअघि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चालेको कदमका कारण यो निर्वाचनमा आफ्नो जित हुने बताएका थिए ।

इजरायलमा अहिले आधाभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । इजरायल कोरोना खोप अभियान सबैभन्दा तीव्र गतिमा सञ्चालन गर्ने मुलुकमध्येको एक हो ।

नेतान्याहूले निर्वाचनमा दक्षिणपन्थीको लागि ठूलो जित भएको बताएका छन् । उनले आफ्नो सिद्धान्त मान्ने सबैलाई समेटेर अघि बढ्नेसमेत बताएका छन् । विपक्षी नेताहरुले भने मंगलबारको निर्वाचनमा इजरायलमा नेतान्याहूको विपक्षी समूहले बहुमत ल्याउने दाबी गरेका छन् ।

इजरायलमा एक वर्षअघि बनाएको गठबन्धनको सरकार टुटेसँगै नेतान्याहूले संसद विघटन गर्दै दुई वर्षमा चौथो निर्वाचनको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!